Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सार्वजनिक लेखा समितिले गर्ने हरेक काम सार्वजनिक गर्न निर्देशन

काठमाडौं । सार्वजनिक लेखा समिति सभापति  अर्जुननरसिंह केसीले समितिले गर्ने हरेक काम सार्वजनिक गर्न निर्देशन दिएका छन् ।

मंगलबार प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिको पहिलो बैठकमा केसीले समिति सचिवलाई यस्तो निर्देशन दिएका हुन् ।

उनले अहिले देशको अर्थतन्त्रमा देखिएका अनियमिता र भ्रष्टाचारका विषयमा समितिले गरेका काम जनताले थाहा पाउन आवश्यक रहेको भन्दै समितिले गर्ने हरेक काम सार्वजनिक गर्नुपर्ने बताए ।

निष्पक्ष, यथार्थ र भ्रष्टाचारविरुद्धको अभियन्ताको रूपमा समितिलाई स्थापित गर्न समितिका सभापति तथा सदस्यहरूले पार्टीभन्दा माथि उठेर काम गर्नुपर्ने केसीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077