Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

पूर्वसांसद आङटावा शेर्पालाई दुई दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं । नेपालीलाई भुटानी शरणार्थी बनाएर विदेश पठाउने ठगी धन्दामा संलग्न रहेको अभियोगमा पक्राउ परेका नेपाली कांग्रेसका पूर्वसांसद आङटावा शेर्पालाई अदालतले दुई दिन थुनामा राख्न अनुमति दिएको छ ।

जिल्ला अदालत काठमाडौंले शेर्पालाई दुई दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो । भुटानी शरणार्थीको कोटामा नेपाली नागरिकलाई अमेरिका पठाउने नाममा ठगेको आरोपमा प्रहरीले शेर्पाबारे अनुसन्धान गरिरहेको छ ।

भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिने भन्दै नेपाली नागरिकबाट पैसा उठाएर भएको ठगी प्रकरणमा मुछिएपछि उनले सोमबार साँझ काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीमा गएर आत्मसमर्पण गरेका थिए ।

शरणार्थी प्रकरणमा थुनामा रहेका केशव दुलाल र सानु भण्डारीसँग आङ्टावाले हिरासतमा पुगेर भेट गरेका थिए । दुलाल र भण्डारी २०७९ चैत १२ देखी हिरासतमा छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077