Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

सर्‍यो बुधबार बस्ने तय भएको राष्ट्रिय सभाको बैठक

काठमाडौं । बुधबारका लागि तय गरिएको राष्ट्रिय सभाको बैठक सरेको छ ।

अब बुधबारका लागि तय भएको बैठक शुक्रबार दिउँसो १ बजे बस्ने छ । आज संसद् सचिवालयले विज्ञप्तिमार्फत बैठकको मिति सारिएको जानकारी दिएको हो ।

बैठक सारिनुको कारण भने खुलाइएको छैन ।

विज्ञप्तिमा भनिएको छ,'बुधबार अपराह्न ६ः३१ बजे बस्ने गरी निर्धारण गरिएको संघीय संसद्, राष्ट्रिय सभाको बैठक विशेष कारणवश तोकिएको दिन र समयमा बस्न नसक्ने भएकोले राष्ट्रिय सभा नियमावली, २०७५ को नियम ६ को उपनियम (३) बमोजिम सम्माननीय अध्यक्षज्यूले २०८० साल जेठ ५ गते शुक्रबार अपराह्न १ः०१ बजे बस्ने गरी निर्धारण गर्नुभएको ब्यहोरा माननीय सदस्यहरूको जानकारीका लागि यो सूचना प्रकाशन गरिएको छ ।'

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077