Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

शरणार्थी प्रकरणमा गगन - अब कि भ्रष्टाचारविरुद्ध उभिनु पर्छ कि पक्षमा, कांग्रेसले भारी बोक्नु हुँदैन

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नक्कली भुटानी शरणार्थी प्रकरणमा जोडिएर पक्राउ परेकाहरुलाई पार्टीले तत्काल निलम्बन गर्नुपर्ने बताएका छन् ।

कांग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाँण र पूर्वसांसद आङटावा शेर्पा पक्राउ परेर बयानका क्रममा रहेका बेला उनीहरुलाई जोगाउने काम गर्न नहुने उनले बताएका हुन् ।

शरणार्थी प्रकरणमा पार्टीका केन्द्रीय तहदेखि विभिन्न जिम्मेवारीमा रहेका व्यक्तिहरू संलग्न रहेको आरोपमा पक्राउ परिसकेपछि अब यो उनीहरुको निजी विषय हुने पनि उनले बताए ।

नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर लैजाने प्रकरण ठगीको विषय मात्र नभइ संगठित अपराध र मानव बेचबिखन भएको उनले बताएका छन् ।

थापाले भनेका छन्, “अब कुनै पनि व्यक्ति, समूह वा राजनीतिक दल कि यो प्रतिरोधमा नागरिकका साथ उभिनुपर्छ कि भ्रष्टहरूको समर्थनमा, बिचको बाटो कसैसँग पनि छैन ।” महामन्त्री थापाले आफूले सार्वजनिक सञचारमाध्यमसहित संसद्मा गराइसकेको विषयमा पुनः ध्यानाकर्षण गराउने भन्दै चारबुँदे धारणा समेत सार्वजनिक गरेका छन् ।

पढ्नुहोस् पूर्णपाठ :

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077