Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

दुर्गमका नागरिकलाई ऋणको भारी बोकाउनु हुँदै, प्रहरी भर्ती जिल्लाबाटै हुनुपर्छ : दिलेन्द्र बडू

काठमाडौं । कांग्रेस सांसद दिलेन्द्रप्रसाद बडूले नेपाल प्रहरीको भर्ती जिल्लाबाटै गर्ने व्यवस्था गर्न माग गरेका छन् ।

मंगलबार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै सांसद बडूले सो माग गरेका हुन् ।

उनले प्रहरीको भर्तीका लागि अन्तर्वार्ता काठमाडौंमा गर्नेगरी बोलाइएको भन्दै आपत्ति जनाए ।

केही दिनपछि हुने प्रहरी जवानको अन्तर्वार्ताका लागि काठमाडौं बोलाइनुको औचित्य सरकारले पुष्टि गर्नुपर्ने उनको भनाइ छ ।

दुर्गम जिल्लाबाट आउने नागरिकलाई ऋणको भारी बोकाउनु नहुने सांसद बडूको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077