Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • प्रहरीलाई गृह सचिव भट्टराईको निर्देशन – शासक होइन, सेवक बन्नुहोस्

    प्रहरीलाई गृह सचिव भट्टराईको निर्देशन – शासक होइन, सेवक बन्नुहोस्

    अनलाइन नेपाल
  • मंगलबार, २ जेष्ठ २०८०
  • 759
    SHARES

    काठमाडौं । गृह सचिव दिनेश भट्टराईले प्रहरी कर्मचारीहरूलाई शासक नभई सेवक बन्न निर्देशन दिएका छन् ।

    नेपाल प्रहरी प्रधान कार्यालयको निरीक्षण तथा अवलोकन भ्रमणका क्रममा मंगलबार सचिव भट्टराईले यस्तो निर्देशन दिएका हुन् ।



    उनले गृह प्रशासन मातहत कार्यरत सबैले आफू ‘शासक होइन सेवक हो’ भन्ने भावका साथ नागरिक सेवामा समर्पित भएर आर्थिक, सामाजिक रूपान्तरणको अभियानलाई सार्थक बनाई सामाजिक न्यायसहितको समृद्धि हासिल गर्ने कार्यमा एकजुट हुनुपर्नेमा जोड दिए ।



    नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता, अखण्डता, राष्ट्रिय एकता, स्वाभिमान र राष्ट्रिय सुरक्षाको कार्यभारलाई आत्मसाथ गर्दै देशमा शान्ति सुव्यवस्थाको समुचित प्रबन्ध मिलाउन नेपाल प्रहरीको महत्त्वपूर्ण भूमिका रहेको स्मरण गर्दै गृह सचिव भट्टराईले नागरिकमैत्री व्यवहार अवलम्बन गरी प्रहरीले राष्ट्र र जनतालाई केन्द्र भागमा राखेर तोकिएको जिम्मेवारी पूरा गर्ने विश्वास व्यक्त गरे ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार