Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • गृह सचिव भट्टराईको आग्रह : विपद् सहयोगको नाममा पीडितसँग तस्वीर खिचाउन होडबाजी नगरौँ

    गृह सचिव भट्टराईको आग्रह : विपद् सहयोगको नाममा पीडितसँग तस्वीर खिचाउन होडबाजी नगरौँ

    अनलाइन नेपाल
  • बिहिबार, १४ असार २०८०
  • 777
    SHARES

    काठमाडौं । सरकारले विपद् कार्यमा खटिने नाममा असामाजिक गतिविधि नगर्न आग्रह गरेको छ ।

    बिहीवारदेखि सुरु भएको दोस्रो विपद् जोखिम न्यूनीकरणसम्बन्धी राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै गृहसचिव दिनेश भट्टराईले विपद्का समयमा उद्धार र राहत बाँड्ने काममा मानवीय व्यवहार गर्न आग्रह गरेका हुन् ।



    विपद् कार्यमा खटिने नाममा पीडितसँग तस्बिर खिचाउने, सामाजिक सञ्जालमा शेयर गर्ने लगायतका काम रोक्न जरुरी रहेको भन्दै उक्त कार्यमा उपस्थिति दर्ता गराउने होडबाजी नगर्न समेत सचेत गराए ।



    उनले भने, ‘विपद् रोकथामको काममा सरकारमात्रैको संलग्नताले पुग्दैन । विपद्का बेलामा उद्धारका लागि जाने भनेर उपस्थिति दर्ता गराउने होडबाजी बढी देखिएको छ । यसलाई रोक्नुपर्छ ।’

    उनले सरकारले विपदबाट बच्न तीन चरणका तयारी गरिरहेको उल्लेख गर्दै विपद् व्यवस्थापनको कामका लागि सरकारका तर्फबाट थप अनुसन्धान गरी रोकथाममा लाग्नुपर्ने उनको भनाइ थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार