Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

मदन-आश्रित स्मृति दिवस आज, विभिन्न कार्यक्रम गरी मनाइँदै

काठमाडौं । आज मदन-आश्रित स्मृति दिवस । नेकपा एमालेका तत्कालीन महासचिव मदन भण्डारी तथा सङ्गठन विभाग प्रमुख जीवराज आश्रितको देहान्त भएको दिन ।

२०५० जेठ ३ गते दासढुंगा, चितवनमा रहस्यमय जिप दुर्घटना परी दुवै नेताको निधन भएको दिनको सम्झनामा आज देशैभरी विभिन्न कार्यक्रमको आयोजना गरिने भएको छ ।

अबको शताब्दीमा ‘बुलेट’ बाट होइन, ‘ब्यालेट’ बाट सत्ता कब्जा गर्नुपर्छ भन्ने नयाँ कम्युनिस्ट मान्यता स्थापित गराउने नेतालाई सम्झना गर्ने दिनको रूपमा पनि आजको दिनलाई लिइन्छ ।

मुख्यतः नेकपा एमाले पार्टीको केन्द्रीय कार्यालय र माताहातका कमिटीसहित तीनका भातृ सङ्गठनहरूले विभिन्न कार्यक्रम गरी मदन–आश्रितको सम्झनामा विभिन्न कार्यक्रम गरी दिवगत नेताहरूको सम्झना गर्ने भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077