Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

मदनको सालिकमा माल्यार्पण गर्दै ओलीले भने - भण्डारीको सपना अधुरै छ

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मदन भण्डारीको सालिकमा माल्यार्पण गरेका छन् ।

बल्खु, काठमाडौँमा आयोजित एक विशेष कार्यक्रममा सहभागी भएका अध्यक्ष ओलीलगायतका नेता कार्यकर्ताले भण्डारीको सालिकमा माल्यार्पण गरेका हुन् ।

सो कार्यक्रममा बोल्दै उनले भण्डारीको ‘समृद्ध नेपाल सुखी नेपाली’को सपना अधुरै रहेको बताए । सबैले आफ्ना सपना पूरा गर्न नसक्ने भन्दै उत्तराधिकारीले त्यसलाई पूरा गर्नुपर्नेमा उनको जोड छ ।

“नयाँ नेपाल, समृद्ध नेपाल सुखी नेपाली बनाउने मदन भण्डारीको सपना अधुरै छ । त्यो आज उत्ताराधिकारी तपाईं हामीले त्यसलाई पूरा गर्नुपर्ने छ । पूरा गर्न सजिलो छैन । चुनौती छ । विरोधीहरू बलिया छन् । षड्यन्त्रपूर्ण ढंगले अघि आउँछन्,” ओलीले भने ।

२०५० साल जेठ ३ गते चितवनको दासढुंगामा जीप दुर्घटना परी नेकपा एमालेका तत्कालीन महासचिव मदन भण्डारी तथा सङ्गठन विभाग प्रमुख जीवराज आश्रितको निधन भएको थियो ।

रहस्यमय मानिने यो दुर्घटनाबारे अहिलेसम्म भएको छानबिनले कुनै तथ्य निकाल्न सकेका छैनन् । मदन–आश्रित स्मृति दिवसका अवसरमा आज एमाले र एमालेका भातृ संगठनहरुले विभिन्न कार्यक्रम गर्दै छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077