Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

सत्ताका लागि एमालेले गठबन्धन गर्दैन, अहिलेको गठबन्धनमा सत्ता स्वार्थ मात्र छ : ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको सत्ता गठबन्धनसँग उद्देश्य र गन्तव्य नभएको बताएका छन् । बुधबार एमालेले आयोजना गरेको मदन-आश्रित स्मृति दिवसको कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले यस्तो बताएका हुन् ।

उनले सत्ताका लागी एमालेले गठबन्धन नगर्ने बताए । सत्ता स्वार्थका निम्ति नभई देशका लागि मात्रै गठबन्धन गर्ने उनले बताए ।

‘हामी कसैसँग कहिल्यै मिल्दै, मिल्दैनौं भन्ने होइन। तर, सत्ताका निम्ति, सत्ता स्वार्थका निम्ति, सरकार गठनका लागि, मिल्ने कुरा हामीबाट हुँदैन। त्यहि सिमाभित्र मिल्ने कुरा हुँदै कसैसँग हाम्रो एकता हुन्छ भने देशका लागि, जननताका लागि, परिवर्तन, सुशासन र विकासका लागि मिल्न सक्छौं कसैसँग। तर सत्ता गठबन्धनजस्तो कुरा हामीबाट हुँदैन । अहिलेको गठनबन्धन सत्ता गठबन्धन, सरकारी गठबन्धन, सत्ता प्राप्त गर्नका लागि गरिएको गठबन्धन हो,’ पूर्वप्रधानमन्त्री ओलीले भने ।

अहिलेको गठबन्धन उद्देश्यहीन, गन्तव्यहीन, लक्ष्यबिहीन र नीतिविहीन भएको उनको भनाई छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077