Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

पार्टीमा आबद्ध भ्रष्टाचारीलाई बोकेर हिँड्न सकिँदैन : कांग्रेस महामन्त्री थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान जरैसम्म पुग्नुपर्ने बताएका छन् ।

प्रजातान्त्रिक विचार समाजको १२ औं राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै महामन्त्री थापाले नक्कली शरणार्थी प्रकरणमा जो मुछिए पनि कारबाही गर्नु पर्ने बताएका हुन् ।

महामन्त्री थापाले पार्टीमा आबद्ध कोहीमाथि भ्रष्टाचारलगायत केही आरोप लागेमा निलम्बन गर्ने र प्रमाणित भएमा जेल पठाइने बताए ।

थापाले भने, ‘शरणार्थी प्रकरणजस्ता विभिन्न प्रकरण आइरहेका छन्। हाम्रो पार्टीका नेता पनि मुछिएका छन्। निलम्बन गर्ने कि नगर्ने बहस चलिरहेको छ। आरोपीलाई निलम्बन गर्ने र अदालतबाट पुष्टि भएमा जेल पठाउने हो। यो प्रकरणमा अनुसन्धान जरैसम्म पुग्नुपर्छ। जो-जो मुछिन्छ, उसलाई कारबाही गर्नुपर्छ।’

नक्कली शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्व गृहमन्त्री समेत रहेका बालकृष्ण खाँणलाई पार्टीबाट निलम्बन गर्नुपर्ने महामन्त्री थापाको भनाई छ ।

उनले पार्टी भ्रष्ट नहुने आबद्ध व्यक्ति भ्रष्ट हुने भएकोले पार्टीमा आबद्ध कोही भ्रष्टाचारी भए पार्टीबाट निकालिने बताए।  महामन्त्री थापाले पार्टीमा कसैलाई दाग लागे त्यसलाई निकालेर फ्याँकेर बाँकी रहेकालाई अगाडि बढाउनुपर्ने बताए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077