Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

ट्रकले ठक्कर दिँदा जापानमा दुई नेपाली विद्यार्थीको मृत्यु

काठमाडौं । रोकिराखेको बसलाई ट्रकले ठक्कर दिँदा जापानमा दुई जना नेपाली विद्यार्थीको मृत्यु भएको छ।

मियागी प्रान्तको कुरीहारास्थित तोहोकु एक्सप्रेस वेमा मंगलबार राति रोकिराखेको बसलाई ट्रकले ठक्कर दिँदा उनीहरूको मृत्यु भएको हो।

दुर्घटनामा बसकी चालकको पनि मृत्यु भएको छ। बसमा ३९ जना नेपाली विद्यार्थी र एक जना बंगलादेशी विद्यार्थी सवार थिए।

उनीहरू पार्टटाइम कामका लागि लागि इवातेको इचिनोसेकी जाँदै थिए। इन्जिन बिग्रेपछि ड्राइभरले सडकमै बस रोकेका थिए।

बस रोकिएपछि त्यसमा सवारहरू विद्यार्थीहरू बाहिर निस्केको र त्यहीबेला तीव्र गतिमा आएको ट्रकले बसको पछाडिबाट ठक्कर दिएको थियो ।

बसलाई ठक्कर दिने ट्रकका चालक गम्भीर घाइते छन्। मृत्यु हुने नेपाली विद्यार्थीको परिचय खुलिसकेको छैन।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077