Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

अस्ट्रेलियन सहायक मन्त्री वाट्सले हस्तान्तरण गरे उद्धार सामग्री

काठमाडौं । अष्ट्रेलियाली सहायक परराष्ट्रमन्त्री टिम वाट्सले हिमालयन उद्धार संघ नेपाललाई उद्धार सामाग्री हस्तान्तरण गरेका छन् ।

नेपाल भ्रमणमा रहेका वाट्सले अष्ट्रेलियामा निर्मित पोर्टेवल अल्टिचुड च्याम्बर (पीएसी) हस्तान्तरण गरेका हुन् ।

उक्त सामग्री संघको फेरिचे स्वास्थ्य केन्द्र र सगरमाथा आधार शिविरमा रहेको एभरेष्ट आकस्मिक क्लिनिकमा प्रयोग गरिनेछ ।

सहायक मन्त्री वाट्सले संघलाई अष्ट्रेलियाली सरकारको तर्फबाट अष्ट्रेलियाली र अन्य नागरिकहरुलाई पदयात्रा तथा हिमाल आरोहण गर्दा आवश्यक पर्ने अत्यावश्यक स्वास्थ्य सेवा प्रवाह गरेकोमा धन्यवाद व्यक्त गरे ।

प्रत्येक वर्ष करिब २७ हजार अष्ट्रेलियालीहरु नेपाल भ्रमण गर्ने र यो वर्ष अष्ट्रेलिया नेपालको चौथो ठूलो पर्यटकको गन्तव्यको रुपमा रहेको पनि उल्लेख गरे ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077