Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

स्याउको कार्टुनमा राखेर गाँजा तस्करी, बाराबाट चार जना पक्राउ

वीरगन्ज । प्रहरीले बाराबाट लागूऔषध गाँजासहित चार जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा मकवापुरको मनहरी गाँउपालिका वडा नम्बर ८ ज्यामिरेका ३४ वर्षीय चन्द्र बहादुर मोक्तान, झापाको मेची नगरपालिका शान्तिटोलका ४६ वर्षीय शंकर दाहाल, सोही ठाउँका ३४ वर्षीय बिनोद कुमार पोखरेल र रौतहटको चन्द्रपुर नगरपालिका वडा नम्बर ८ का २४ वर्षीय अर्जुन गौतम रहेका छन् ।

पूर्व-पश्चिम राजमार्गअन्तर्गत बाराको निजगढ नगरपालिका-८ स्थित सडकमा मे१ख २३२२ नम्बरको यात्रुबाहक बसमा प्रहरीले चेकजाँच गर्दा १३ किलो ५०० ग्राम गाँजा बरामद भएको हो ।

मकवानपुरको हेटौंडाबाट झापाको काँकडभिट्टातर्फ जाँदै गरेको मे१ख २३२२ नम्बरको यात्रु बाहक बसलाई रोकेर चेकजाँच गर्दा उक्त बसको सिट मुनी स्याउको कार्टुनभित्र लुकाई छिपाई राखेको अवस्थामा अवैध लागु औषध गाँजा १३ किलो ५०० ग्राम फेला परेको इलाका प्रहरी कार्यालय निजगढले जनाएको छ।

गाँजा र बससहित उनीहरूलाई नियन्त्रणमा लिएर लागु औषध मुद्दामा म्याद थप गर्ने लगायतको थप अनुसन्धान कार्य भइरहेको बारा प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077