Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • जहाजमा यात्रा गरिरहेका यात्रुले बिंडी सल्काएपछि…

    जहाजमा यात्रा गरिरहेका यात्रुले बिंडी सल्काएपछि…

    अनलाइन नेपाल
  • बुधबार, ३ जेष्ठ २०८०
  • 1K
    SHARES

    फाइल तस्विर

    एजेन्सी । आकाशा एयरलाइन्समा यात्रा गरिरहेका एक यात्रुले बिंडी सल्काएर पिउन थालेपछि उनी प्रहरीको फन्दामा परेका छन् ।

    भारतीय वायुसेवा कम्पनीको आकाशा एयरलाइन्समा यात्रा गरिरहेका राजस्थानका स्थानीय प्रवीण कुमारलाई बैंग्लौर प्रहरीले नियन्त्रणमा लिएको हो ।



    मंगलबार उनी अहमदाबादबाट बैंग्लौरका लागि उडेका थिए । जहाजमा बिंडी पिएर यात्रुको ज्यान जोखिममा पारेको अभियोग उनीमाथि लागेको छ ।



    सोधपुछका क्रममा उनले रेलको जस्तै यात्रा सम्झिएर आफूले बिंडी पिएको प्रतिक्रिया दिएका छन् ।

    आफूले पहिलो पटक हवाई यात्रा गरेको र प्लेनमा बिंडी पिउने नियमबारे जानकारी नभएको बताएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार