Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

सुजाताले भनिन् - शरणार्थी प्रकरणमा मेरो संलग्नता छैन, दोषीमाथि कडा कारबाही हुनुपर्छ

विराटनगर । नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाले नक्कली भुटानी शरणार्थी प्रकरणमा आफ्नो कुनै किसिमको संलग्नता नरहेको स्पष्ट पारेकी छिन् ।

बुधबार गृहनगर आउने क्रममा विराटनगर विमानस्थलमा पत्रकारहरूसँग कुराकानी गर्दै कोइरालाले यस्तो स्पष्टिकरण दिएकी हुन् ।

उनले भनिन्, “नक्कली भुटानी शरणार्थी प्रकरणमा मेरो कुनै किसिमको संलग्नता छैन । यो निष्पक्ष छानबिन भई दोषीलाई कडाभन्दा कडा कारबाही हुनुपर्छ ।”

कोइरालाको सचिवालयमा काम गरेका मोरङका केशव दुलाल प्रमुख योजनाकारको रूपमा पक्राउ परेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077