Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

भ्रष्टाचारमा दोषी पूर्वराष्ट्रपति निकोलसलाई तीन वर्ष जेल

एजेन्सी । भ्रष्टाचारमा दोषी ठहरिएका फ्रान्सका पूर्वराष्ट्रपति निकोलस सार्कोजीलाई तीन वर्षको जेल सजाय सुनाइएको छ ।

फ्रान्सको एक पुनरावेदन अदालतले तल्लो अदालतले गरेको निर्णयलाई सदर गर्दै सार्कोजीलाई काराबासको सजाय सुनाएको हो ।

हतकडीसहित उनलाई अब एक वर्ष निजकै घरमा राखिनेछ भने सार्वजनिक पदमा तीन वर्षसम्म प्रतिबन्ध लगाइएको छ ।

पूर्वराष्ट्रपति सार्कोजीले आफूविरुद्धको मुद्दालाई आफ्नो पक्षमा पार्न न्यायाधीश तथा आफूमाथि लागेको भ्रष्टाचार अभियोगलाई कमजोर पार्न दबाब र प्रभावको हतियार प्रयोग गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077