Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

सभामुख घिमिरे र सांसद भण्डारीबीच भेटवार्ता, भने – जनतासामु केही कुराहरू राख्न मन छ

काठमाडौं । नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारीसँग सभामुख देवराज घिमिरेले भेट गरेका छन् ।

ग्यास लिकपछि आगलागीबाट घाइते भएका सांसद भण्डारीसँग बुधबार बत्तिसपुतलीमा सभामुख घिमिरेले भेट गरेका हुन् । भेटमा सभामुखले घटनाबाट आफू दुखित भएको बताउँदै भण्डारीको शीघ्र स्वास्थ्य लाभको कामना गरे ।

सांसद भण्डारीले आफूले नीति तथा कार्यक्रममा केही कुराहरू राख्न चाहेको बताए । जवाफमा सभामुख घिमिरेले चिकित्सकको सिफारिस भए विशेष व्यवस्था गरेर बोल्न दिन सकिने बताए ।

उक्त घटनामा सांसद भण्डारीसँगै उनकी आमा हरिकला सिकिस्त घाइते भएकी थिइन् । उनको उपचारको क्रममा फागुन ४ गते कीर्तिपुर बर्न अस्पतालमा निधन भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077