Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • भारतीय गो एअरलाइन्सद्वारा मे २६ सम्मका सबै उडान रद्द

    भारतीय गो एअरलाइन्सद्वारा मे २६ सम्मका सबै उडान रद्द

    अनलाइन नेपाल
  • बुधबार, ३ जेष्ठ २०८०
  • 627
    SHARES

    नयाँ दिल्ली । भारतीय गो फस्र्ट एयरलाइन्स (गो एयर) ले मे २६ सम्मका लागि सबै उडान रद्द गरेको छ ।

    यसअघि एयरलाइन्सले मे १९ सम्मका लागि उडान रद्द गरेको थियो । “सन् २०२३ को मे २६ तारिखसम्म का लागि तय गरिएको गो फस्र्ट उडानहरु रद्द गरिएको छ ।



    यसका लागि कम्पनीले खेद प्रकट गर्दछ । गो फस्र्टले भनेको छ, “उडान रद्द हुँदा भएको असुविधाका लागि हामी क्षमाप्रार्थी छौं ।”



    एयरलाइन्सले चाँडै नै भुक्तानीको सबै रकम पूर्ण फिर्ता गरिने बताएको छ । “उडान रद्द हुँदा तपाईँको यात्रा योजनामा बाधा पुगेको हुन सक्ने हामी स्वीकार गर्दछौं र हामी सक्दो सहयोग गर्न प्रतिबद्ध छौं,” विज्ञप्तिमा भनिएको छ ।

    कम्पनीले हालै आफ्नो सञ्चालनको कमजोरी र पुनः उत्थान अन्तर्गत तत्काल समाधानको लागि आवेदन दायर गरेको छ । “हामी पुनः र छिट्टै बुकिङ सुरु गर्न सक्षम हुनेछौं । धैर्यताका लागि कम्पनी यात्रुवर्गप्रति आभारी छ,” एयरलाइन्सले भनेको छ । रासस

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार