Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

पूर्वसांसद आङटावासँग आज पनि बयान लिइँदै

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका नेपाली कांग्रेसका पूर्वसांसद आङटावा शेर्पासँग आज पनि बयान लिइँदैछ । बुधबार बयान नसकिएकाले उनको बयान आज पनि लिन लागिएको हो ।

जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौँका अनुसार बाँकी सबैको छुट बयानसमेत सकिएको छ ।

शेर्पाले सोमबार प्रहरीसमक्ष आत्मसमर्पण गरेका थिए। उनीविरुद्ध प्रहरीले वैशाख ३१ गते पक्राउ पुर्जी जारी गरेको थियो।

यो प्रकरणमा पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई नबोल्न आग्रह गर्दै पूर्वसांसद शेर्पाले ठगी गिरोहका सदस्यसँग हिरासतमै भेट गरेको आरोप छ । प्रकरणमा पक्राउ परेकाहरूमध्ये अहिलेसम्म १३ जनाको बयान सकिएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077