Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

नक्कली शरणार्थी प्रकरणमा संलग्नलाई सरकारले छाड्दैन : गृहमन्त्री श्रेष्ठ

काठमाडौं । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका कसैलाई पनि सरकारले नछाड्ने बताएका छन् ।

माओवादी केन्द्रको प्रवास समन्वय समितिका टोलीसँगको भेटवार्तामा बोल्दै गृहमन्त्री श्रेष्ठले नक्कली शरणार्थी प्रकरणमा मुछिएका कसैलाई नछाड्ने स्पष्ट पारेका हुन् ।

गृहमन्त्री श्रेष्ठले भने, ‘नक्कली शरणार्थी प्रकरण मात्रै होइन भ्रष्टाचारको जालो देशमा भयानक ढंगले फैलिएको छ । देशलाई थङ्थिलो बनाउने भ्रष्टाचारीलाई सरकारले छाड्दैन। प्रहरीले निष्पक्ष छानबिन गर्छ । मैले निर्भीकताका साथ काम गर्न भनेको छु ।’

भ्रष्टाचारले देश थङ्थिलो भएको भन्दै सरकारले यसमा संलग्न कसैलाई पनि नछाड्ने बताए। भ्रष्टाचारीहरुमाथि निर्मम बन्दै सरकार आम जनतामा सुशासनको प्रत्याभूति दिलाउन लागिपरेको गृहमन्त्री श्रेष्ठको भनाइ छ ।

उनले नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने अपराधमा संलग्न कसैलाई पनि उन्मुक्ति नदिने प्रतिबद्धता जनाए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077