Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

टिपरको ठक्करबाट एकको मृत्यु, एक घाइते

नुवाकोट । नुवाकोटको बेलकोटगढी नगरपालिका–७ मा आज टिपरले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ भने एक गम्भीर घाइते भएका छन् ।

मृत्यु हुनेमा मोटरसाइकल चालक जिल्लाको लिखु गाउँपालिका–१ बोरापानीका ५० वर्षीय नेत्रमान विश्वकर्मा रहेका छन् । विश्वकर्माको उपचारका क्रममा त्रिशूली अस्पतालमा निधन भएको हो ।

दुर्घटनामा गम्भीर घाइते उनका २० वर्षीय छोरा निरजको त्रिशूली अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

ठक्कर दिने टिपर र चालकलाई नियन्त्रणमा लिईएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077