Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

भुटानी शरणार्थी प्रकरणमा संलग्नलाई कारबाही माग्दै एकीकृत समाजवादीद्वारा प्रदर्शन

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणका अपराधीहरुलाई कारबाहीको माग गर्दै नेकपा एकीकृत समाजवादीले प्रदर्शन गरेको छ ।

बिहीबार काठमाडौंको माइतीघर मण्डलामा केन्द्रीय मोर्चा संगठन विभागले प्रदर्शन गरेको हो ।

समाजवादीका कार्यकर्ताहरुले युवा संघको खबरदारी, नउम्किऊन् भ्रष्टाचारी, नक्कली भुटानी शरणार्थी प्रकरणका दोषीहरुलाई कारबाही गर लगायतका नारासहित प्रदर्शन गरेका हुन् ।

प्रदर्शनमा एकीकृत समाजवादीका नेता तथा कार्यकर्ताहरूको उपस्थिति थियो।

समाजवादीको मोर्चा संगठनले बुधबार उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई भेटेर ज्ञापनपत्र समेत बुझाएको थियो ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वमन्त्रीदेखि सांसदहरू नै जोडिन थालेपछि चौतर्फी रूपमा कारबाही माग भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077