Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

भुटानी शरणार्थीका नेता रिजाललाई दुई दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका अधिकारकर्मी टेकनाथ रिजाललाई लाई दुई दिन हिरासतमा राख्नअदालतले अनुमति दिएको छ ।

जिल्ला अदालत काठमाडौंले भुटानी शरणार्थीका नेतासमेत रहेका रिजाललाई दुई दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो ।

रिजाललाई प्रहरीले आज नै काठमाडौंबाट पक्राउ गरेको थियो । नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने ठगी धन्दामा संलग्नताको आरोपमा पक्राउ परेका सानु भण्डारीले आफ्नो डायरीमा रिजाललाई ७ लाख रुपैयाँ दिएको उल्लेख गरेका थिए ।

नेपालमा रहेका भुटानी शरणार्थीको अधिकारका पक्षमा उनले लामो समयदेखि पैरवी गर्दै आएका थिए । उनलाई त्यही आधारमा पक्राउ गरेको प्रहरीले जनाएको छ ।

भुटानी शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री बालकृष्ण खाँण,नेपाली कांग्रेसका पूर्वसांसद आङटावा शेर्पा,नेकपा एमालेका सचिव टोपबहादुर रायमाझी, गृह मन्त्रालयका पूर्वसचिव टेकनारायण पाण्डे, पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राई, केशव दुलाल, सानु भण्डारीलगायतलाई प्रहरीले पक्राउ गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077