Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

जन्ती लिएर भारत पुगेका बेहुला पक्राउ

सप्तरी । सप्तरी र बिहारको मधुवनी जिल्लाका प्रहरीको संयुक्त प्रयासमा बहुबिबाह रोकिएको छ ।

बुधबार राति सप्तरीको राजविराज नगरपालिका-१५ देउरी भरुवाका रबिन्द्र सुतिहारले भारतमा गर्न लागेको बहुबिबाह प्रहरी सक्रियताका कारण रोकिएको हो ।

रबिन्द्रको २०७५ साल फागुन २५ गते रेखा शर्मासँग सामाजिक परम्परा अनुसार विवाह भएको थियो । उनै रविन्द्रले जेठ ३ गते राति बिहारको मधुवनी जिल्लाको महदेवमंठ थाना अन्तरगत डकही गढीया गाउँमा १६ वर्षिय किसोरीसँग अर्को विवाह गर्न खोजेका थिए ।

बुधबार दिउँसोदेखि विवाह रोक्न सक्रिय भएको सप्तरी प्रहरीले साँझ जन्ती जान लागेकाहरुलाई कुनौली नाकाबाट नियन्त्रणमा लिएको थियो ।

भने अबेर राति बेहुला रबिन्द्र बिहारको डकही गढीया गाउँस्थित रघुवर शर्माकी १६ वर्षीया छोरीसँग विवाह गर्न पुगेपछि मधुवनी प्रहरीले उनलाई पक्राउ गरेको सप्तरी प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077