Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

स्वास्थ्यका कारण संसद् बैठकमा सहभागि हुन सकिनँ, प्रश्नको उत्तर दिएर मात्रै पुग्दैन : ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रतिकूल स्वास्थ्य अवस्थाका कारण संसद् बैठकमा सहभागि हुन नसकेको बताएका छन् । बिहीबार सामाजिक सञ्जालमा लेख्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् ।

आजको बैठकमा अध्यक्ष ओलीले नक्कली भुटानी शरणार्थी प्रकरणबारे प्रस्ट पार्ने बताएका थिए ।

'नक्कली भुटानी शरणार्थी प्रकरणबारे आफूले थाहा पाएका तथ्यहरु संसद् समक्ष राख्ने मैले यसअघि वताएको थिएँ,' उनले भने, 'स्वास्थ्यमा सुधार आएपछि त्यस विषयमा संसद्मा बोल्ने नै छु ।'

यस्तै उनले संसदमा प्रधानमन्त्रीले प्रश्नको उत्तर दिएर मात्रै नपुग्ने बताएका छन् । अध्यक्ष ओलीले देशको भविष्यलाई प्रभावित प्रश्नको उत्तर मात्र दिएर नपुग्ने भन्दै जनतालाई अनुभूति हुनेगरी परिणाम दिनुपर्ने बताए ।

‘प्रश्नहरु दुई किसिमका हुन्छन् । एकथरी प्रश्नको उत्तर मात्र दिए पुग्छ । देशको भविष्यलाई नै प्रभावित पार्ने कतिपय प्रश्नको उत्तर मात्र दिएर पुग्दैन, जनतालाई अनुभूति हुनेगरी परिणाम दिनु पर्छ’, उनले लेखेका छन्, ‘सांसद्हरुले संसदमा प्रश्न गर्दा प्रत्येक नागरिकले त्यसलाई आफ्नो प्रश्न ठान्न सकोस् र प्रधानमन्त्रीले दिएको उत्तरमा विश्वास र भरोसा गर्न सकोस् ।’

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बिहीबार संसदमा सांसदहरुसँग सवाल जवाफ गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077