Jul 09 2026 | २०८३, आषाढ २५ गते

09 Jul 2026 | बिहिवार, आषाढ २५ गते २०८३

बिहिवार, आषाढ २५ गते २०८३
images
images

नक्कली नागरिकता दिलाएको आरोप लागेका वडाध्यक्ष यादव धरौटीमा रिहा

सप्तरी । राजविराज नगरपालिका-११ का वडा अध्यक्ष उदित नारायण यादव बिहीबार धरौटीमा रिहा भएका छन् ।

झुटो विवरण पेस गरी नेपाली नागरिकता दिलाएको आरोप लागेका वडा अध्यक्ष यादव एक लाख रुपैयाँ धरौटी राखेर पुर्पक्षका लागि तारेखमा रिहा भएका हुन् । सप्तरी जिल्ला अदालतका न्यायाधीश हरिश्चन्द्र इङ्गनामको आदेशले उनलाई धरौटी राखेर पुर्पक्षका लागि तारेखमा रिहा गरेको हो ।

यस्तै सरजमिन मुचुल्कामा बसेका सोही वडाका राधेश्याम यादवलाई २५ हजार रुपैयाँ धरौटीमा रिहा गरिएको अदालतका सूचना अधिकारी भरतमणि पोखरेलले जानकारी दिए ।

जनप्रतिनिधि, कर्मचारी, प्रहरी, स्थानीयसहित २६ जनाविरुद्ध पक्राउ पुर्जी जारी भएपछि वडा अध्यक्ष यादव र स्थानीय राधेश्याम यादव बिहीबार अदालतमा हाजिर भएका थिए ।

नेपाली नागरिकता लिने भारत घर भएका सतिश यादव र उनलाई छोरा बनाएर नागरिकता दिलाउने राजविराज नगरपालिका(११ का सूर्यनारायण यादव बुधबार एक-एक लाख रुपैयाँ धरौटीमा रिहा भएका थिए।

सूर्यनारायणले नाती नाता पर्ने भारतीय नागरिक सतिशलाई छोरा बनाई गत फागुन २१ गते जिल्ला प्रशासन कार्यालय सप्तरीबाट नागरिकता दिलाएको आरोप छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077