Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

दोहाबाट आएका दुई महिला १ सय ८४ ग्राम सुनसहित पक्राउ

काठमाडौं । दोहाबाट काठमाडौं आइपुगेका दुई जना १ सय ८४ ग्राम सुनसहित पक्राउ परेका छन्।

पक्राउ पर्नेमा मोरङको सुन्दरहरैंचा नगरपालिका-७ घर भएकी ४० वर्षीया शोभा विश्वकर्मा र रामेछापको रामेछाप नगरपालिका-५ रामपुर स्थायी ठेगाना भएकी २९ वर्षीया सरिता श्रेष्ठ रहेकी छिन् ।

हिमालयन एयरलायन्सको विमानबाट शनिबार काठमाडौं आइपुगेका उनीहरूलाई विमानस्थलको आगमन टनेल गेटबाट सुनसहित पक्राउ गरिएको हो।

विमानस्थलको भन्सार क्षेत्रमा चेकजाँच गर्दा शोभा विश्वषकर्माको साथमा १ सय ४ ग्राम तौलको बेरुवा औठी १ थान, ब्रासलेट १ थान, सिक्री १ थान र २ थान लकेट फेला परेको थियो ।

त्यस्तै सरिता श्रेष्ठको साथबाट ८० ग्राम तौलको सिक्री १ थान र बेरुवा औठी १ थान फेला परेको प्रहरीले जनाएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन टनेल गेटबाट पक्राउ परेका उनीहरूलाई आवश्‍यक अनुसन्धान एवं कारवाहीका लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय गौचरमा बुझाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077