काठमाडौं । सरकारले अन्तर्राष्ट्रिय विकास सहायतालाई राष्ट्रिय गौरवका आयोजनामा केन्द्रित गर्ने घोषणा गरेको छ ।
शुक्रबार संघीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८०/८१को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो घोषणा गरेका हुन् ।
राष्ट्रपति पौडेलले अन्तर्राष्ट्रिय विकास सहायतालाई राष्ट्रिय गौरवको आयोजनामा केन्द्रित गर्ने घोषणा गरे । उनले उच्च प्राथमिक्ताप्राप्त आयोजनामा अन्तर्राष्ट्रिय सहायता केन्द्रित गरेर दिगो विकासको लक्ष्य भेट्ने घोषणा गरे ।
यस्तै, सार्वजनिक ऋणको अधिकतम प्रतिफल प्राप्त हुनेगरी उपयोग गर्ने तथा वैदेशिक लगानी आकर्षण हुने गरी गुण बोन्ड र पूर्वाधार बन्ड परिचालन गर्ने समेत सरकारी योजना छ ।