Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

सरकारले हेटौंडा कपडा उद्योगलगायत बन्द तीन उद्योग सञ्चालन गर्ने

काठमाडौं । सरकारले बन्द रहेका उद्योग पुनःसञ्चालन गर्ने घोषणा गरेको छ।

राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै पूर्ण सञ्चालनको सम्भावना रहेका हेटौंडा कपडा उद्योग, गोरखकाली टायर उद्योग र बुटवल धागो कारखानालाई सञ्चालनमा ल्याइने बताएका हुन् ।

राष्ट्रपति पौडेलले लामो समयदेखि बन्द तथा रुग्न अवस्थामा रहेका उद्योगहरू सञ्चालन, खारेजी, एकीकरण वा आवश्यक व्यवस्थापनको विषयमा अध्ययन गर्न उच्चस्तरीय अध्ययन समिति गठन गरिने बताए ।

निजी क्षेत्रको सहकार्य र साझेदारीमा औद्योगिक क्षेत्र विषेश, औद्योगिक ग्रामको पूर्वाधार तथा सञ्चालन गर्ने व्यवस्था मिलाइने नीति तथा कार्यक्रममा समेटिएको छ।

त्यस्तै उद्योगका लागि आवश्यक पर्ने माल र प्रसारण लाइन लगानीकर्ता स्वयंले निर्माण गरेको लागतको निश्चित स्रोतभर्ना सरकारले दिइने राष्ट्रपति पौडलले बताए ।

सरकारले उद्योगी सञ्चालनका लागि विद्युतमा सहुलियत दिइने,घरेलु र साना उद्योगको उत्पादनलाई बजारीकरण गर्न सहयोग गर्ने नीति तथा कार्यक्रममा समेटिएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077