Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

नयाँ हिमाल आरोहणका लागि खुल्ला गर्ने सरकारको घोषणा

काठमाडौं । सरकारले आरोहणका लागि नयाँ हिमाल खुल्ला गर्ने घोषणा गरेको छ ।

शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो बताएका हुन् ।

विदेशी पर्यटक र मुद्रा भित्र्याउन नयाँ नयाँ हिमाल आरोहणका लागि पनि अनुमति दिनेगरी सरकार अघि बढेको जनाएको छ ।

यसअघि सूचिमा परेका १०० नयाँ पर्यटन गन्तव्यलाई विश्व बजारमा प्रचारप्रसार गरिने समेत पौडेलले बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077