काठमाडौं । सरकारले २० प्रतिशतसम्म महँगो भए पनि स्वदेशी वस्तु प्रयोग गर्नुपर्ने व्यवस्था गर्ने भएको छ ।
संसदमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले २० प्रतिशतसम्म महंगो भएपनि स्वदेशी वस्तु नै प्रयोग गर्नुपर्ने सरकारले नीति लिएको बताएका हुन् ।
आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति पौडेलले स्वदेशी उद्योगका उत्पादन प्रयोग गर्नैपर्नेगरी नीतिगत व्यवस्था गरिने बताए ।
स्वदेशी वस्तुको उत्पादन र प्रवर्द्धनका लागि ‘मेक इन नेपाल’ र ‘मेड इन नेपाल’लाई सहयोग पुर्याइने पौडेलले बताए ।