Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

सुदूरपश्चिम प्रदेश सरकार विस्तारको काम रोकियो, अब शनिबार हुने

कैलाली । नागरिक उन्मुक्ति पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'सँग भएको सहमतीअनुसार दुई मन्त्रालय पाउनुपर्ने अडान लिएपछि सुदूरपश्चिम प्रदेश सरकार विस्तारको काम रोकिएको छ ।

शुक्रबार साँझ मुख्यमन्त्री कमलबहादुर शाहले बोलाएको सत्तारुढ दलहरुको बैठकमा नाउपाले पूर्व सहमतीअनुसार दुई वटा मन्त्रालय दिनुपर्ने अडान राखेपछि शुक्रबार सरकार विस्तार नगर्ने सहमती भएको हो ।

दलहरुले आन्तरिक छलफल गरेर शनिबार बिहान १० बजे पुनः बस्नेगरी गठबन्धनको बैठक सकिएको नागरिक उन्मुक्ति पार्टीका संसदीय दलका नेता घनश्याम चौधरीले बताए । मुख्यमन्त्रीका प्रमुख स्वकीय सचिव धिरेन्द्रबहादुर शाहीले नागरिक उन्मुक्ति पार्टीलाई आन्तरिक छलफल गरेर कुरा टुंग्याउन भोलिसम्मका लागि समय दिइएको बताउदै शनिबार सरकार विस्तार हुने बताए ।

यसअघि मुख्यमन्त्री कमलबहादुर शाहले शुक्रबार साँझसम्म सरकारलाई पूर्णता दिने बताएका थिए । माओवादी केन्द्रले रमेशबहादुर धामी र झपट साउदलाई मन्त्री तथा गितादेवी माललाई राज्यमन्त्री बनाउनेगरी मुख्यमन्त्रीलाई नाम टिपाएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077