Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

दुई वर्षभित्र कीर्तिपुर र मुलपानी क्रिकेट रङ्गशालाको स्तरोन्नति गरिने

काठमाडौं । सरकारले आउँदो दुई वर्षभित्र काठमाडौंको कीर्तिपुर र मुलपानी क्रिकेट रङ्गशालाको स्तरोन्नति गर्ने भएको छ ।

आज शुक्रवार संसदमा प्रस्तुत भएको आउँदो आर्थिक वर्ष २०८०/०८१ को वार्षिक नीति तथा कार्यक्रममा दुई वर्षभित्र कीर्तिपुर र मुलपानी क्रिकेट रङ्गशालाको स्तरोन्नति गरी अन्तर्राष्ट्रियस्तरको प्रतियोगिता सञ्चालन हुने व्यवस्था गरिने उल्लेख छ ।

यस्तै चितवनको भरतपुर, कैलालीको फाप्ला, बैतडीको दशरथचन्द र मोरङको विराटनगर क्रिकेट रङ्गशालाको पूर्वाधार निर्माण कार्य अघि बढाइने जनाइएको छ ।

सरकारले हरेक विद्यालयमा खेल शिक्षकको व्यवस्था गर्ने नीति पनि लिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077