Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

नीति तथा कार्यक्रममा रास्वपाको टिप्पणी - जटिलताको सम्बोधन गरेको छैन, कार्यान्वयनमा पनि शंका

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रमले मौजुदा आर्थिक अवस्थालाई सम्बोधन गर्न नसक्ने टिप्पणी गरेको छ ।

शुक्रबार संसद् भवनबाट बाहिरिने क्रममा पत्रकारसँग कुरा गर्दै उक्त दलका प्रमुख सचेतक सन्तोष परियारले यस्तो टिप्पणी गरेका हुन् ।

‘प्रारम्भमा हेर्दा ठोस कुरा केही आएको छैन। जस्तो आर्थिक अवस्थामा छौँ, त्यसलाई सम्बोधन गर्ने गरी केही आएको छैन,’ सांसद परियारले भने, ‘यसले आजको आर्थिक जटिलताहरु सम्बोधन गरेकै छैन ।’

यस्तै रास्वपाकी सांसद डा. तोसिमा कार्कीले सरकारको नीति तथा कार्यक्रम आशलाग्दो रहेको बताइन् । तर, कार्यान्वयनमा शंका रहेको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077