Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

मुलुकको आवश्यकता सम्बोधन हुने गरी नीति तथा कार्यक्रम आएको अर्थमन्त्री महतको दाबी

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम मुलुकको आवश्यकतालाई सम्बोधन हुने गरी ल्याएको बताएका छन् ।

शुक्रबार संसद् भवनबाट बाहिरिने क्रममा पत्रकारसँग कुरा गर्दै कांग्रेस प्रवक्तासमेत रहेका डा. महतले यस्तो बताएका हुन् ।

उनले सो नीति तथा कार्यक्रमलाई कार्यान्वयनमा लैजानका लागि दिनरात नभनेर सरकारले काम गर्ने प्रतिवद्धता पनि व्यक्त गरे ।

कार्यान्वयनका लागि आवश्यक क्षमता बढाउने र इमान्दारिताका साथ त्यसलाई कार्यान्वयनमा लैजान सरकार लागिपर्ने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077