Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

शरीरमा आफैँले आगो लगाएकी युवतीको मृत्यु

काठमाडौं । काठमाडौंको चन्द्रागिरि नगरपालिका–९ स्थित मच्छेगाउँमा आफैँलाई आगो लगाएर युवतीले आत्महत्या गरेकी छिन् ।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार चन्द्रागिरि नगरपालिका–९, मच्छेगाउँमा डेरागरी बस्ने ३६ वर्षीया शान्ति श्रेष्ठले आफ्नो जिउमा पेट्रोल छर्की आफैँले आगो लगाएकी हुन् ।

रामेछापको मन्थली नगरपालिका–६ स्थित भलुवाजोर भएर भएकी शान्ति चन्द्रागिरि नगरपालिका–९ मा डेरामा बस्थिन् । श्रीमानसँग बस्ने शान्तिले शुक्रवार दिउँसो पौने ३ बजे शरीरमा पेट्रोल छर्केर आगो लगाएकी थिइन् ।

उपचारको क्रममा शनिबार बिहान ३ बजेर २० मिनेटमा कीर्तिपुर बर्न अस्पतालमा उनको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । श्रीमान् मोहनकुमार प्यारालाइसिसका बिरामी छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077