Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सुदूरपश्चिम प्रदेशका नवनियुक्त तीन मन्त्रीहरुले लिए शपथ

धनगढी । सुदूरपश्चिम प्रदेशका नवनियुक्त मन्त्री र राज्यमन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

प्रदेश प्रमुखको कार्यालयमा मन्त्रीहरु पृथ्वीबहादुर सिंह, झपट साउद र रमेश धामीलाई प्रदेश प्रमुख देवराज जोशीले पद तथा गोपनीयताको शपथ गराएका हुन् ।

त्यस्तै राज्यमन्त्री गीतादेवी माललाई मुख्यमन्त्री कमल बहादुर शाहले शपथ गराएका छन् ।

मुख्यमन्त्री शाहले शनिबार नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका नेताहरुलाई सहभागी गराएर मन्त्रिपरिषद विस्तार गरेका थिए ।

मुख्यमन्त्री शाहले माओवादी पार्टीका सांसद रमेशसिंह धामीलाई प्रदेशको उद्योग पर्यटन वन तथा वातावरण मन्त्री नियुक्त गरे।

यस्तै, सोही पार्टीका सांसद झपटबहादुर साउद सामाजिक विकास र गीता माल वन राज्यमन्त्री नियुक्त भएका छन्।

यस्तै, नेपाली कांग्रेसका बझाङबाट निर्वाचित सांसद पृथ्वीबहादुर सिंह आन्तरिक मामिला तथा कानून मन्त्री नियुक्त भएका छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077