Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

सरकारको नीति तथा कार्यक्रमले देशलाई निर्देशित गर्न सक्दैन : केपी ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारको नीति तथा कार्यक्रम बेकारको पुलिन्दा भएको बताएका छन् ।

सरकारले शुक्रवार संसदमा प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथि छलफल गर्न बसेको संसदीय दलको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् ।

अध्यक्ष ओलील पार्टीका सांसदहरूलाई सरकारले संसदमा प्रस्तुत गरेको नीति तथा कार्यक्रम गन्तव्यहीन भएकाले समर्थन गर्न नसकिने बताए।

अध्यक्ष ओलीले भने, ‘यो एउटा बेकारको पुलिन्दा हो । यसले देशलाई निर्देशित गर्न सक्दैन । नीतिगत हिसाबले निर्देशित गर्न सक्दैन । कार्यक्रमिक हिसाबले निर्देशित गर्न सक्दैन। यो समर्थन योग्य छैन, विरोध योग्य छ।’

नीति तथा कार्यक्रममा दुई वर्षमा गर्ने काम पनि उल्लेख गरिएको भन्दै उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई व्यंग्य समेत गरे । गठबन्धनले आफ्नो कार्यकाल २ वर्ष तोकेकाले प्रधानमन्त्री प्रचण्डले २ वर्षकै कार्यक्रम राखेको हुनसक्ने टिप्पणी गरे ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077