Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

१०१ दिनमा सुदूरपश्चिममा मन्त्रिपरिषद् विस्तार, तर अझै अपूर्ण

धनगढी । सुदूरपश्चिम प्रदेशका प्रमुख देवराज जोशीले मुख्यमन्त्री कमलबहादुर शाहको सिफारिसमा आज मौजुदा मन्त्रिपरिषद् विस्तार तथा कार्यविभाजन गरेका छन् ।

प्रदेश प्रमुख जोशीले गत माघ २६ गते गठित प्रदेश मन्त्रिपरिषद्मा नेपालको संविधानको धारा १६८ बमोजिम मन्त्रीको नियुक्ति र कार्यविभाजन गरेका हुन् ।

नवगठित मन्त्रिपरिषद्मा भौतिक पूर्वाधार विकासमन्त्री प्रकाशबहादुर देउवा, आर्थिक मामिलामन्त्री नरेशकुमार शाही, आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंह, सामाजिक विकासमन्त्री झपटबहादुर साउद, उद्योग, पर्यटन वन तथा वातावरणमन्त्रीमा रमेशसिंह धामीले जिम्मेवारी पाएका छन् । भौतिक पूर्वाधारमन्त्री देउवा र आर्थिक मामिलामन्त्री शाही यसअघि नै मन्त्री बनेका हुन् ।

यस्तै, उद्योग, पर्यटन वन तथा वातावरण राज्यमन्त्रीमा गीतादेवी मालले जिम्मेवारी पाएकी छन् । मन्त्रिपरिषद्ले अझै पूर्णता पाउन सकेको छैन । मुख्यमन्त्रीको जिम्मा भूमि व्यवस्था कृषि तथा सहकारी विकास मन्त्रालय रहेको छ ।

प्रदेश प्रमुखको कार्यालय धनगढीमा आजै आयोजित विशेष समारोहमा प्रदेश प्रमुख जोशीसमक्ष नवनियुक्त मन्त्रीले आजै पद तथा गोपनीयताका शपथ लिएका छन् ।

नेपाली कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाह, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र नागरिक उन्मुक्ति पार्टीको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका हुन् । रासस

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077