Online Nepal
  • आइतबार, ३० बैशाख २०८१
  • भद्रपुर विमानस्थलबाट काठमाडौं उड्न लागेकी युवतीको सेनेटरी प्याडमा लागुऔषध

    भद्रपुर विमानस्थलबाट काठमाडौं उड्न लागेकी युवतीको सेनेटरी प्याडमा लागुऔषध

    अनलाइन नेपाल
  • शनिबार, ६ जेष्ठ २०८०
  • 1.7K
    SHARES

    झापा । झापाको भद्रपुर विमानस्थलबाट एक महिला लागुऔषधसहित पक्राउ परेकी छिन् ।

    शनिबार बिहान ११ बजे भद्रपुर नगरपालिका–९ मा रहेको विमानस्थल सुरक्षार्थ खटिएको प्रहरीले चेकजाँचका क्रममा २६ वर्षीया एन्जल राईलाई ब्राउनसुगरसहित पक्राउ गरेको हो ।



    झापाको कमल गाउँपालिका–७ घर भई हाल काठमाडौंको नारायणथान डेरा गरी बस्ने २६ वर्षीया राईको साथबाट १५ ग्राम ६६० मिलिग्राम ब्राउनसुगर बरामद गरिएको प्रहरीले जनाएको छ ।



    जान लागेकी उनलाई चेकजाँचका क्रममा उनले लगाएको भित्र वस्त्रमा प्याडको बीच भागमा प्लास्टिकको पोको पारेको अवस्थामा ब्राउनसुगर फेला परेको थियो ।

    जिल्ला प्रहरी कार्यालय झापामाका अनुसार उनको साथमा रहेको नागरिकता र एक थान मोबाइल समेत बरामद गरिएको छ । उनलाई जिल्ला प्रहरी कार्यालय झापामा राखेर प्रहरीले अनुसन्धान थालेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार