Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

जग्गा कारोबारमा करोडौं ठगी, दिदीभाइ पक्राउ

अर्घाखाँची । जग्गा कारोबारमा ठगी गरेको आरोपमा कपिलबस्तुका दिदीभाइ पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले कपिलबस्तुको बाणगंगा नगरपालिका वडा नम्बर ७ बस्ने दिदीभाइ सिता रेग्मी र मोविन रेग्मीलाई पक्राउ गरेको हो ।

सन्धिखर्क नगरपालिका-१ का रामबहादुर बस्नेतले दिएको आर्थिक लेनदेनको विषयमा उजुरीपछि फरार भएका उनीहरुलाई खोजतलाशको क्रममा प्युठानबाट पक्राउ जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।

कपिलबस्तुको मोतिपुर भन्ने स्थानमा रहेको दश कट्ठा छ धुर जग्गा खरिदको लागि पिडित बस्नेतले १ करोड ३२ लाख ५५ हजार रुपैयाँ दिएको र पटक-पटक अनुरोध गर्दासमेत जग्गा नदिएको र पैसा पनि फिर्ता नदिएको दिदीभाइमाथि आरोप छ ।

उनीहरुमाथि थप अनुसन्धान भइरहेको अर्घाखाँची प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077