Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • जग्गा कारोबारमा करोडौं ठगी, दिदीभाइ पक्राउ

    जग्गा कारोबारमा करोडौं ठगी, दिदीभाइ पक्राउ

    अनलाइन नेपाल
  • आइतबार, ७ जेष्ठ २०८०
  • 2.5K
    SHARES

    अर्घाखाँची । जग्गा कारोबारमा ठगी गरेको आरोपमा कपिलबस्तुका दिदीभाइ पक्राउ परेका छन् ।

    जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले कपिलबस्तुको बाणगंगा नगरपालिका वडा नम्बर ७ बस्ने दिदीभाइ सिता रेग्मी र मोविन रेग्मीलाई पक्राउ गरेको हो ।



    सन्धिखर्क नगरपालिका-१ का रामबहादुर बस्नेतले दिएको आर्थिक लेनदेनको विषयमा उजुरीपछि फरार भएका उनीहरुलाई खोजतलाशको क्रममा प्युठानबाट पक्राउ जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।



    कपिलबस्तुको मोतिपुर भन्ने स्थानमा रहेको दश कट्ठा छ धुर जग्गा खरिदको लागि पिडित बस्नेतले १ करोड ३२ लाख ५५ हजार रुपैयाँ दिएको र पटक-पटक अनुरोध गर्दासमेत जग्गा नदिएको र पैसा पनि फिर्ता नदिएको दिदीभाइमाथि आरोप छ ।

    उनीहरुमाथि थप अनुसन्धान भइरहेको अर्घाखाँची प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार