Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

अस्पतालहरुलाई मेयर बालेनको निर्देशन - निःशुल्क उपचारका लागि १० प्रतिशत शय्या छुट्याउनू

काठमाडौं । काठमाडौं महानगरपालिकाले महनगर क्षेत्र भित्र रहेका अस्पतालहरुलाई लक्षित वर्गलाई मापदण्ड अनुसार निस्शुल्क स्वास्थ्य सेवा उपलब्ध गराउन निर्देशन दिएको छ ।

महानगर प्रमुख बालेन्द्र शाहले उपचारका लागि आउने विपन्न, असहाय, बेवारिसे बिरामीका लागि कुल शय्याको १० प्रतिशत शय्या छुट्याइ निःशुल्क उपचार गर्ने व्यवस्था कार्यान्वयन गर्न अस्पतालहरुलाई निर्देशन दिएका हुन् ।

‘महानगर क्षेत्र भित्र रहेका अस्पतालहरूले प्रचलित कानुन र मापदण्ड अनुसार लक्षित वर्गहरूलाई निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराउने, सेवाग्राही मैत्री सेवा प्रवाह गर्ने, स्वास्थ्य संस्थाहरूमा कार्यरत स्वास्थ्यकर्मी र अन्य कर्मचारीहरूको प्रचलित कानुनले तोकेको न्यूनतम पारिश्रमिक उपलब्ध गराउने, स्वास्थ्यजन्य फोहोरमैला व्यवस्थापन गर्ने, अस्पताल भित्र रहेका क्यान्टिनमा खाद्य गुणस्तर कायम गर्ने, अनावश्यक प्रयोगशाला परीक्षणको लागि सिफारिस नगर्ने जस्ता कार्यहरू सुधार गरी स्वास्थ्य सेवालाई सबै वर्ग, समूहको पहुँच योग्य बनाउन काठमाडौं महानगरपालिकाको निर्णय अनुसार सम्बन्धित सबैलाई यो सूचना जारी गरिएको छ,’ बालेनले फेसबुकमा लेखेका छन् ।

उल्लेखित विषयका अतिरिक्त लक्षित वर्गले निःशुल्क सेवा लिएका व्यक्तिहरूको विवरण टाँस गर्ने तथा महानगरमा प्रत्येक महिना को १० गतेसम्म नबुझाउने पाइएमा महानगरबाट नियमानुसार कारवाही हुने सबै स्वास्थ्य संस्थाहरूलाई मेयर बालेनले चेतावनी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077