Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

गाँजा तस्करलाई पक्राउ गर्न खोज्दा प्रहरीका सहायक हवल्दार घाइते

मोरङ । नेपाल–भारत सीमानाका हुँदै भारततर्फ लैजाँदै गरिएको लागूऔषध विराटनगरबाट बरामद गरिएको छ । विराटनगर महानगरपालिका–१८ मुसहरी टोलबाट प्रहरीले शनिबार राति ११ः१५ बजेतिर अन्दाजी २२ किलोग्राम गाँजा बरामद गरेको हो ।

जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार बोरामा प्याक गरी २ जना व्यक्तिले टाउकोमा बोकेर गाँजा भारत कटाउने तयारी गर्दै थिए । इलाका प्रहरी कार्यालय बुधनगरबाट खटिएको टोलीलाई देख्नसाथ गाँजा तस्करीमा संलग्न फरार भएका छन् ।

उनीहरु गाँजा फ्यालेर भाग्न भागेको प्रहरीले जनाएको छ । उनीहरुलाई नियन्त्रणमा लिनका लागि लखेट्ने क्रममा इलाका प्रहरी कार्यालय बुधनगरमा कार्यरत सहायक हवल्दार घाइते भएका छन् ।

उपचारका लागि कोसी अस्पताल भर्ना गरिएको छ भने गाँजा ओसारपसारमा संलग्न व्यक्तिहरुको खोजी तीव्र पारिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077