Online Nepal
  • शनिबार, १७ साउन २०८२
  • ढुङ्गामुनि लुकाएर लाँदै गरेको काठसहित ट्याक्टर बरामद

    ढुङ्गामुनि लुकाएर लाँदै गरेको काठसहित ट्याक्टर बरामद

    अनलाइन नेपाल
  • आइतबार, ७ जेष्ठ २०८०
  • 1K
    SHARES

    रौतहट । सशस्त्र प्रहरीले रौतहटबाट सालको काठसहित ट्याक्टर बरामद गरेको छ ।

    चन्द्रपुर नगरपालिका ३ को गैडाटारबाट लोड गरेर वडा १० बालचनपुर लाँदै गरेको अवस्थामा ना ४त ८३६६ नम्बरको ट्र्याक्टर सशस्त्र प्रहरीको टोलीले बरामद गरेको हो ।



    बालचनपुरका चिरानमिल सञ्चालक मुकेश साहले ५ थान सालको गोलिया ढुङ्गा मुनी लुकाएर ट्रेक्टर लोड लाँदै गरेको सूचनाको आधारमा सन्तपुरबाट उक्त काठ बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।

    बरामद काठ सहितको ट्याक्टर डिभिजन वन कार्यालय चन्द्रनिगाहपुरमा बुझाएको सशस्त्र प्रहरीले जनाएको छ । ट्याक्टर चालक चन्द्रपुर १० का २३ वर्षका फिरोज मन्सुरी पक्राउ परेको तथा ट्याक्टर धनी चिरान मिल सञ्चालक मुकेश साह सशस्त्र प्रहरीलाई देख्नासाथ फरार भएको थियो ।

    बरामद ५० क्युफिट सालको गोलिया काठ, ट्र्याक्टर र चालक नियन्त्रणमा रहेको तथा आवश्यक अनुसन्धान भइरहेको डिभिजन वन कार्यालय रौतहटले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Comments are closed.

    नयाँ अपडेट
    अन्य समाचार