Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

सरकारलाई ओलीको प्रश्न – अर्थतन्त्रलाई संकटको डिलमा पुर्‍याउन गठबन्धन बनेको हो ?

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशको अर्थतन्त्र संकटको डिलमा पुगेको बताएका छन्।

आज (आइतबार)  बाट सुरु भएको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै ओलीले यस्तो बताएका हुन् ।

अध्यक्ष ओलीले मुलुकको अर्थतन्त्र संकटापन्न अवस्थामा रहेको र सामाजिक तथा सांस्कृतिक क्षेत्रमा अश्वाभाविक गतिविधिहरु बढदा पनि सरकारले सो अनुसारको नीति तथा कार्यक्रम ल्याउन नसकेको जिकीर गरे ।

अध्यक्ष ओलीले प्रश्न गर्दै भने, ' के यहि दिन ल्याउनका लागि, देशलाई ओरालो लाउनका लागि, अर्थतन्त्र ध्यस्त बनाउनका लागि यो गठबन्धन बन्नु परेको थियो?’

उनले अर्थतन्त्र उकास्दै गरेको एमालेको सरकारलाई ढालेर काँग्रेस-माओवादीसहित नयाँ गठबन्धन बनेको र त्यसले जनतालाई दु:ख दिइरहेको आरोप लगाए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077