Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

प्रधानमन्त्री बनेको दुई महिना नपुग्दै प्रचण्ड सरकारको मुटु प्रत्यारोपणतिर लागे : केपी ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नै पार्टीको पहलमा नियुक्त भएका प्रधानमन्त्री सरकारको मुटु प्रत्यारोपणमा लागेको टिप्पणी गरेका छन् ।

सरकारका वार्षिक नीति तथा कार्यक्रममाथि आइतवार प्रतिनिधि सभा बैठकमा भएको छलफलमा भाग लिँदै अध्यक्ष ओलीले यस्तो बताएका हुन् ।

अध्यक्ष ओलीले एमालेको पहलमा प्रधानमन्त्री बनेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले स्वाधिनताको पक्षमा काम नगर्दा मुलुक अधोगतितिर लागेको आरोप लगाए।

ओलीले भने,'एमालेको पहलमा प्रधानमन्त्री बनेका प्रचण्ड दुई महिना पुग्नै लाग्दा सरकारको मुटु प्रत्यारोपण गर्नतिर लाग्नुभयो । प्रत्यारोपण भइसकेको भएपनि नेतृत्व उहाँकै भएकाले नीति तथा कार्यक्रमको समर्थनको विशाल हृदयका साथ नीति तथा कार्यक्रम नामक दस्तावेज सुनेँ ।'

अध्यक्ष ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डप्रति कटाक्ष गर्दै आफ्नै पार्टीको पहलमा नियुक्त भएका प्रधानमन्त्रीले सरकारको मुटु प्रत्यारोपणमा लागेको टिप्पणी गरे । ओलीले आम जनताले, सिंगो राष्ट्रले तत्कालीनरुपमा नीति तथा कार्यक्रमको दस्तावेजका आधारमा सरकारलाई हेर्ने बताए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077