Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

प्रधानमन्त्री प्रचण्डलाई ओलीको आग्रह- प्रस्तावित नीति तथा कार्यक्रम फिर्ता लिनुहोस्

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले प्रस्तावित नीति तथा कार्यक्रम फिर्ता लिन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई आग्रह गरेका छन् ।

आज (आइतबार) बाट सुरु भएको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै ओलीले यस्तो आग्रह गरेका हुन् ।

सरकारको नीति तथा कार्यक्रमले अहिलेको समस्या सम्बोधन गर्न र अर्थतन्त्रलाई संवृद्धिको गन्तव्यमा डोर्‍याउने कुनै खास नीति योजना तथा कार्यक्रम नलिएकाले फिर्ता लिएर पुनर्लेखन गर्नुपर्ने बताए ।

प्रधानमन्त्री प्रचण्डलाई उनले भने, 'यो नीति तथा कार्यक्रमको मिसन छैन,   प्रस्तावित नीति तथा कार्यक्रम फिर्ता लिनुस् र पुनर्लेखन गर्नुस् ।'

उनले हामी नीति तथा कार्यक्रम पुनर्लेखन गर्न समय दिन आफूहरु तयार रहेको भन्दै देशको अर्थतन्त्रलाई अगाडि बढाउने खालको नीति तथा कार्यक्रम ल्याउन जोड दिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077