Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

५.८८ अंकले बढ्यो सेयर बजार, १ अर्ब ६० करोड रुपैयाँको कारोबार

काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार नेप्सेसँगै कारोबार रकम पनि बढेको छ ।

आज नेप्से परिसूचक ५.८८ प्रतिशतले बढेर १८८३.२० विन्दुमा अडिएको छ। सेन्सेटिभ इण्डेक्स ०.१४ अंकले बढेर ३५८.३३ विन्दुमा पुगेको छ।

बजारसँगै कारोबार रकममा पनि सुधार आएको छ । आज २७३ वटा कम्पनीको ४८ लाख २८ हजार कित्ता शेयर एक अर्ब ६० करोड चार लाख रुपैयाँमा कारोबार भएको छ ।

जसमा सबैभन्दा बढी कारोबार शिवम् सिमेन्टको ६ करोड १७ लाख रुपैयाँको भएको छ ।

यस्तै, दुई कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ । सकारात्मक सर्किट लाग्नेमा राष्ट्रिय बीमा कम्पनी र आत्मनिर्भर लघुवित्त वित्तिय संस्था रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077